.टाइगर कप भलिबल: महिलातर्फ पुलिसलाई हराउँदै आर्मी तेस्रो

जनसम्मत
माघ ५, २०८०, शुक्रबार

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो बनेको छ।

शुक्रबार भएको खेलमा आर्मीले आर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो।

पोखरा रंगशालाको कोर्टमा पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने गुमाउन पुग्यो।

दोस्रो सेटमा पुलिसले १८–२५ ले जित निकाल्यो।

त्यसपछि आर्मीले लगातार २ सेट जित्दै तेस्रो बन्यो।

तेस्रोमा २५–२० र चौथोमा २५–१९ को जित निकाल्दै आर्मीले तेस्रो स्थान ओगट्यो।

प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ।

जसमा महिलातर्फको फाइनलमा साविक विजेता एपीएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड भिड्नेछन्।