नयाँ मन्त्री मण्डलको संचारमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ

‘गुरुङ नयाँ मन्त्री मण्डलमा सरकारका प्रवक्तासमेत रहने छन्’

जनसम्मत
असार ३१, २०८१, सोमबार

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काँग्रेस–एमाले केपी ओली सत्ता साझेदार नयाँ मन्त्री मण्डलमा संचार, प्रविधि मन्त्री बनेका छन्।

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारका प्रवक्तासमेत रहने गरी गुरुङ संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्।

नेकपा एमालेका पार्टी उपमहासचिव ०७९ को निर्वाचनमा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई गुरुङलाई हराउँदै लमजुङबाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए।

गुरुङ २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित भएपछि माघ २९ मा गण्डकी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री बनेका थिए।

नेकपामा आएको खटपटपछि माओवादी केन्द्र समर्थित सांसदहरुले समर्थन फिर्ता लिँदा उनी २०७८ जेठ २७ गते मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए।