कोपा अमेरिका २०२४ः कोलम्बियाली कप्तान रोड्रिग्वेजले जित ‘गोल्डेन बल’

कोलम्बियाले खेलेको ६ खेलमा रोड्रिग्वेजको नाममा ६ असिस्ट र १ गोल रह्यो, ४ खेलमा उनी ‘म्यान अफ द म्याच’ बने

जनसम्मत
असार ३१, २०८१, सोमबार

कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेजले सम्पन्न कोपा अमेरिकामा ‘गोल्डेन बल’ जितेका छन्।

सम्पन्न कोपा अमेरिकामा उत्कृष्ट खेलाडी बन्दै रोड्रिग्वेजले ‘गोल्डेन बल’ जित्न सफल रहे।

रोड्रिग्वेजले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भए।

यसक्रममा उनले ६ खेलमा ६ असिस्ट र १ गोल गरे।

त्यस्तै, ४ खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

योसँगै कोलम्बियाको अपराजित यात्रा २९ खेलमा आएर टुंगियो।