काभा महिला भलिबल : भारतकी सालिनी सर्वोत्कृष्ट खेलाडी

नेपालकी सरस्वती चौधरी उत्कृष्ट अपोजित खेलाडी, सलिना उत्कृष्ट लिबेरो

जनसम्मत
श्रावण २३, २०८१, बुधबार

भारतकी सालिनी काभा महिला भलिबल नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्।

बुधबार सम्पन्न फाइनलमा सालिनी काभा नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चयन भएकी हुन्।

व्यक्तिगत स्पर्धातर्फ पनि भारतका खेलाडीहरुले बाजी मारे।

भारतकी सूर्या र इरानकी काभारिन उत्कृष्ट मिडल ब्लकर बने।

यसैगरी, भारतकी जुही उत्कृष्ट सेटर बनिन्।

यस्तै,  नेपालकी सरस्वती चौधरी उत्कृष्ट अपोजिट खेलाडी बनिन्।

यसैगरी, नेपालकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो बनिन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रो पटक उपाधि उचाल्यो।