न्यूज एजेन्सी राससमा ‘मिडिया संग्रहालय’ स्थापना

‘संग्रहालयमा, ६३ वर्षे यात्रामा राससले प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहित छन्’

जनसम्मत
श्रावण ३२, २०८१, शुक्रबार

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा ‘रासस मिडिया संग्रहालय’को स्थापना गरिएको छ।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय भवनमा ‘मिडिया संग्रहालय’ को स्थापना गरिएको हो।

संचार माध्यमको क्षेत्रमा लामो इतिहास बोकेको राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएका छन्।

संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको हो।

मिडिया प्रविधिमा आएका तीव्र परिवर्तनका कारण पनि ती उपकरण संरक्षणका लागि संग्रहालय स्थापना गरिएको हो।

मिडिया संग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि उपयोगी हुने विश्वास लिइएको छ।

नेपालको मिडिया विकासको इतिहासलाई जीवन्त बनाउन संग्रहालयको अवधारणा कार्यान्वयनमा लैजानु रासस व्यवस्थापनको सकारात्मक पहल मानिन्छ।

मिडिया प्रविधिमा आएका तीव्र परिवर्तनका कारण पनि ती उपकरण संरक्षणका लागि संग्रहालय स्थापना गरिएको रासस व्यवस्थापन पक्षको भनाई छ।

संचार उपकरणसँगै उत्पादित समाचारका विषयवस्तु पनि प्रदर्शनीमा राख्न उपयुक्त हुने संचारविज्ञहरुले सुझाव दिएका छन्।

ऐतिहासिक सामग्रीको संग्रह गर्नुले राससको स्थापनाकालदेखि हालसम्मका बाटोलाई संग्रहालयले दृश्यात्मक रुपमा प्रस्तुत गरेको बताइएको छ।

व्यवस्थापकीय मात्र नभई सिर्जनशील काममा पनि केन्द्रीत हुन र समाचारका विषयवस्तुको विविधीकरणमा ध्यान दिन रासस व्यवस्थापनलाई संचारविज्ञहरुको सुझाव छ।

संग्रहालयले ऐतिहासिक सामग्री संग्रहको संस्कृतिलाई बढवा दिएको उनीहरुले बताएका छन्।

ऐतिहासिक सामग्रीको संकलन, संरक्षण र त्यसको उचित प्रस्तुतीकरणसहित प्रदर्शनीमा राख्नु उचित हुने संचारविज्ञहरुले सुझाव दिएका छन्।

संचारविज्ञहरुको सुझाव छ, ‘सचार उपकरणसँगै उत्पादित समाचारका विषयवस्तु पनि प्रदर्शनीमा राख्नु उपयुक्त हुनेछ। संग्रहालयमा सुरुआतदेखि वर्तमानसम्मको स्पष्ट प्रस्तुति हुनुपर्छ। राससको बुलेटिन, भाषा, शैली पुस्तिकासमेत समेट्नुपर्छ। मिडिया कन्टेन्ट’लाई पनि समेट्नुपर्छ। पुराना सामग्रीको ‘आर्काइभ’मा समस्या छ। मिडियाका सामग्रीको संग्रहमा सबैले ध्यान दिनुपर्छ। संस्कृति र स्मृतिलाई जीवन्त राख्ने काम गर्नुपर्छ।’