पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई सहयोग

लेखनाथ पत्रकारिता पुरस्कारको कोषमा २५ हजार १३ रुपैयाँ वृद्धि

जनसम्मत
श्रावण १९, २०८१, शनिबार

पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई व्यवसायिकहरुबाट सहयोग मिलेको छ।

पोखरा महानगरपालिका–२९ को भण्डारढीकस्थित आदर्श हार्डवेयरले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवमा मञ्चलाई सहयोग गरेको हो।

मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारको कोष वृद्धिमा सहयोग पुग्नेगरी सो हाडवयर्सका संचालक विजय गुरुङ र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई २५ हजार १३ रुपैयाँको चेक हस्तान्तरण गरे।

हार्डवयर्सको सहयोगसँगै पुरस्कार कोषमा २५ हजार बढि वृद्धि भएको मञ्चका अध्यक्ष खनालले जनाएका छन्।

व्यवसायको छोटो समयमा आदर्श हाडवयर्सले प्राप्त गरेको सफलतालाई मध्यनजर राख्दै संचालक विजय गुरुङले सामाजिक उत्तरदायित्वका क्षेत्रमा वार्षिक रुपमा विभिन्न सहयोग गर्दै आएको जनाए।