नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्।
सोमबार भएको महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित भइन्।
उनी जम्मा १ मिनेट म्याटमा टिकेकी थिइन्।
मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन्।
मनिताको हारसँगै पेरिस ओलम्पिकमा नेपालका ४ खेलाडीको यात्रा पहिलो चरणबाटै सकिएको छ।
यसअघि, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको यात्रा पहिलो चरणबाटै सकिएको थियो।