काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात

इतिहासमा नेपालले भारतलाई पहिलो पटक हरायो, भारत नेपालसँग २–३ को सेटमा पराजित

जनसम्मत
श्रावण १९, २०८१, शनिबार

काभा महिला भलिबल लिगमा भारतलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।

महिला भलिबलको इतिहासमा नेपालले भारतलाई पहिलो पटक हराएको छ।

काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो।

आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो।

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो।

दोस्रो सेटमा भारतले नेपाललाई २५–१२ ले हरायो।

तेस्रो सेट नेपालले २५–१७ ले जित्यो।

चौथो सेट भारतले २५–१८ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो।

पाँचौ सेट १५–१३ ले जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो।

नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रंशालामा उपस्थित थिए।

आजको जीतसँगै नेपालले २ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा पुगेको छ।

३ खेल खेलेको भारत सात अंकसहित शीर्ष स्थानमा छ।

पहिलो खेलमा नेपालले श्रीलंकालाई हराएको थियो।

यसअघि, भारतले इरान र भाल्दिभ्सलाई हराएको थियो।

काभा महिला भलिबल च्याम्पियनसीपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन्।

शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन्।