नेपालमा १९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट हुने

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएईले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
भाद्र १, २०८१, शनिबार

नेपालमा १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट हुने भएको छ।

छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ।

प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागि हुनेछन्।

यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ।