बंगलादेशले जित्यो साफ यु– २० च्याम्पियनसीपको उपाधि

‘३ पटकसम्म फाइनलमा पुगेको बंगलादेश उपाधिविहीन थियो, नेपालले सन् २०१५ र २०१७ मा गरी २ उपाधि जितेको थियो’

जनसम्मत
भाद्र १२, २०८१, बुधबार

घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले २० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हरायो।

पहिलो हाफमा १ गोल गरेको बंगलादेशले दोस्रो हाफमा ३ गोल थप्यो।

बंगलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे।

यस्तै, खेलको ५४ औं मिनेटमा गोयरी, ७० औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरे।

नेपालका लागि खेलको ८१ औं मिनेटमा समिर तामाङले १ गोल फर्काए।

बंगलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो।

यसअघि, ३ पटकसम्म फाइनलमा पुगेको बंगलादेश उपाधिविहीन थियो।

यस्तै, नेपालले सन् २०१५ र २०१७ मा गरी २ उपाधि जितेको छ।

पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकर सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बंलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनल पुगेको हो।