एपीएफ एएफसी महिला च्याम्पियन्स लिग चरणबाटै बाहिरियो

घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो

जनसम्मत
भाद्र १२, २०८१, बुधबार

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

मलेसियाको लिकस रंगशालामा बुधबार भएको खेलमा घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो।

समूह ‘सी’ को एपीएफले पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नासफसँग १–० ले पराजित भएको थियो।

त्यसैले, दोस्रो खेलमा एपीएफलाई जित्नै पर्ने दबाब थियो।

तर, एपीएफले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन।

च्याम्पियनसीपको लिग चरणबाटे बाहिरिएसँगै एपीएफ २ खेलमा १ अंक लिएर स्वदेश फर्किदैंछ।