तारानाथ पहारी, पोखरा पर्यटन परिषदको अध्यक्ष

‘पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान’

जनसम्मत
भाद्र १२, २०८१, बुधबार

पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन्।

परिषदको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी २ बर्षे कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्।

त्यसैगरी, परिषदको ६ जना सदस्य चुनिएका छन्।

परिषदको सदस्यहरुमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चुनिएका छन्।
अन्य पदाधिकारीसहित थप ३ जना सदस्य अध्यक्षले पछि चयन गर्नेछन्।

गण्डकी प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गरे।

उनले पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन वाटर स्पोट्र्स सम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान भएका छन् ।

होटल बाराही सहित नेपालको पर्यटन क्षेत्रमा विभिन्न पर्यटकीय क्षेत्रमा लगानी गरी पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पौडेललाई सम्मान गरेको हो।