कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी

‘सचिव पदमा बराल १०७ मतसहित शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसालले १०६ मतले विजयी बनेका छन्’

जनसम्मत
भाद्र ११, २०८१, मंगलवार

कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी भएका छन्।

नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा बरालले १०७ मत ल्याएर विजयी बनेका हुन्।

पार्टीको ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवारहरु प्रतिस्पर्धी थिए।

सचिवमै उठेका पोखराका मेयर धनराज आचार्यले ७५ मतसहित पराजित बने।

सचिव पदमा शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोमप्रसाद पाण्डेले १४१ र सावित्रीकुमारी भुसालले १०६ मत ल्याएर विजयी बने।

योसँगै नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई हराएर जयन्ती राई निर्वाचित भएकी छन्।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्।

पार्टीको ४ उपमहासचिव पदका लागि १९ जना प्रतिस्पर्धी थिए।