लोकबहादुर थापा, पोखरा युनाइटेड क्लबको अध्यक्ष

क्लवको १५ औं साधारण सभा तथा ७ औं अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन

जनसम्मत
भाद्र १९, २०८१, बुधबार

युनाइटेड क्लव पोखराको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन्।

क्लवको १५ औं साधारणसभा तथा ७ औं अधिवेशनले आगामी कार्यकालका लागि थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्तबहादुर थापा, द्वितिय उपाध्यक्षमा सुुर्यबहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, सचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य र सह–कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, शिव थापा, पदमबहादुर कार्की (बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिमबहादुर क्षत्री, गणेश खड्का र सुरेश थापा निर्वाचित भएका छन्।

युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल संयोजकत्वमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुकबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले अधिवेशनको उद्घाटन गरे।

युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफूलाई अब्बल बनाउन सक्षम भएको वताए।

युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने उनको भनाई थियो।

कार्यक्रममा क्लबका पूर्व सल्लाहकार विश्वप्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो।

क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सूर्यबहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए।