न्यू डायमण्ड र एपीएफ लामाचौर कप भलिबल महिलातर्फको फाइनलमा

तेस्रो स्थानका लागि घरेलु गण्डकी र एभरेष्ट भलिबल क्लब आमने–सामने

जनसम्मत
भाद्र २०, २०८१, बिहीवार

लामाचौर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र टिपटप न्यू डायमण्ड उपाधिका लागि भिड्ने भएका छन्।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१९, लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन्।

बिहीबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यू डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा हराएर शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।

डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई पनि सोझो ३ सेटमै हराएको थियो।

राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल ४ टिमको सहभागिता थियो।

शीर्ष २ टिम सोझै फाइनल खेल्ने तालिकाअनुसार डायमण्ड र एपीएफ यसअघि नै शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरिसकेको थियो।

एपीएफ दोस्रो स्थानमा रह्यो।

लिग चरणमा ३ खेल खेलेको एपीएफको ६ अंक रह्यो।

एपीएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो।

घरेलु गण्डकी भलिबल एशोसिएसन र एभरेष्ट भलिबल क्लबबीच तेस्रो स्थानका लागि खेल हुनेछ।