वीभागीय डर्बी लामाचौर कप भलिबल पुरुषतर्फको फाइनलमा

तेस्रो स्थानका लागि घरेलु गण्डकी र गल्कोट भिड्ने

जनसम्मत
भाद्र २०, २०८१, बिहीवार

विभागीय डर्बी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी लामाचौर कप भलिबलको पुरुषतर्फ फाइनल भिड्ने भएका छन्।

विभागीय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो।

नेपाल पुलिसले एक खेलअगावै फाइनलमा स्थान बनाएको थियो।

तर, विहिबारमात्रै अन्य टिमको टुंगो भने लागेको हो।

बुधबार निर्धारित समयअनुसार विभागीय एपीएफ र घरेलु गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो।

उक्त खेलमा एपीएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो।

एपीएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को जित निकाल्यो।

एपीएफको २ खेलबाट ६ अंक छ।

उता, पुलिसको पनि ६ अंक नै रह्यो।

दुवै टोलीको ६–६ अंक रहेपनि शीर्षको होडमा लिग चरणको अन्तिम खेल खेलेको पुलिस र एपीएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ।

पुलिस र एपीएफले १–१ सेट जित्यो।

पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेटमा पुलिस १९–२५ ले हार्न पग्यो।

बिहीबार नै भएको प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो।

पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो।

तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा घरेलु गण्डकी २४–२६ को हार्न पुग्यो।

अन्तिम तथा फाइनल सेटमा घरेलु गण्डकीले १५–१३ को जित निकाल्न सफल भएको हो।

योसंगै गण्डकीको कुल ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो।

तेस्रो स्थानका लागि गण्डकी र गल्कोट भिड्नेछन्।