नेपालमा टिकटक चल्न थाल्यो

‘नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ’

जनसम्मत
भाद्र २१, २०८१, शुक्रबार

नेपालमा टिकटक चल्न थालेको छ।

शुक्रबारदेखि टिकटक चल्न थालेको हो।

यसअघि, भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि टिकटक चल्न सकेको थिएन।

नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ।

पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तर बनाउन सहयोग गर्नुपर्ने तथा सामाजिक सद्भाव खलल पार्ने कन्टेन्ट फिल्टर गर्ने शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको हो।

शर्त मान्न टिकटक तयार भएपछि मन्त्रालयले प्राधिकरणलाई टिकटकमाथिको रोक हटाउन पत्र पठाएको थियो।

त्यसपछि, शुक्रबार प्राधिकरणले सबै सेवा प्रदायकलाई रोक हटाउन निर्देशन दिएको हो।

अब, नेपालमा औपचारिक रूपमै टिकटक खुलेको छ।

यसअघि, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते मन्त्रीपरिषद्बाट निर्णय गर्दै नेपालमा टिकटक बन्द गरेको थियो।

 

हेरौं, नेपाल टेलिकमको सूचना