विभागीय एपीएफ महिलातर्फको लामाचौर कप भलिबल च्याम्पियन

न्यू डायमण्ड उपविजेता, एभरेस्ट भलिबल संघ तेस्रो बन्दा घरेलु गण्डकी पुछारमा रह्यो

जनसम्मत
भाद्र २१, २०८१, शुक्रबार

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लामाचौर कप भलिबल महिलातर्फको उपाधि जितेको छ।

पोखरामा आयोजित लामाचौर कप भलिबल महिलातर्फ शुक्रबार भएको फाइनलमा टिपटप न्यू डायमण्डलाई हराउँदै विभागीय एपीएफ क्लब विजयी बनेको हो।

न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार जित्यो।

उपविजेता डायमण्डले १ लाख पुरस्कार जित्यो।

पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो।

एपीएफले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो।

तेस्रो सेट डायमण्डले २५–१३ मा जितेपनि चौथो सेट १०–२५ ले गुमायो।

डायमण्ड लामाचौर कपको सुरूवाती संस्करणतिर सर्वाधिक सफल टिम भएपनि पछिल्लोपटक विभागीयको वर्चस्व रहँदै आएको छ।

न्यू डायमण्ड गत वर्षको पनि उपविजेता हो।

न्यू डायमण्डलाई गत वर्ष नेपाल पुलिसले हराएको थियो।

डायमण्डले २०६९ देखि लगातार ४ वर्ष उपाधिमाथि कब्जा जमाएको थियो।

पाहूना एभरेस्ट भलिबल संघ तेस्रो बन्दा घरेलु गण्डकी पुछारमा रह्यो।

एभरेस्ट भलिबल संघले ५० हजार पुरस्कार जित्यो।

तेस्रो बनेको एभरेस्ट भलिबल संघले ५० हजार पुरस्कार जित्यो।