अभ्यास खेलमा नेपाल ६६ रनले विजयी

नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो

जनसम्मत
भाद्र २९, २०८१, शनिबार

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीमाथि ६६ रनले जित निकालेको छ।

टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो।

नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १८१ रन बनाएर अलआउट बन्यो।

नेपालका ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान १/१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको नेपाल ४७ ओभर ५ बलमा २ सय ४७ रनमा अलआउट भएको थियो।

नेपालका अनिलकुमार शाहले अविजित सर्वाधिक ४७ रन बनाए।

कुशल भुर्तेलले ४१ रन जोडे।

कप्तान रोहितकुमार पौडेलले ३३ रन जोडे।

क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलामा घरेलु टोली, नेपाल र ओमानले खेल्दैछ।

श्रृंखलाको पहिलो खेलमा नेपालले पर्सि ३१ गते क्यानडासँग, दोस्रो खेल असोज २ गते ओमान, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्दैछ।