पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक

मनोनयन दर्ता असोज ४ मा, मतदाता नामावली आजै प्रकाशित

जनसम्मत
भाद्र २९, २०८१, शनिबार

आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

महासंघको निर्वाचन समितिले शनिबार साँझ नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

नयाँ निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय तोकेको छ।

यस्तै, असोज ४ गते नै साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन समय तोकेको छ।

असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते दिउसो २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोधको समय तोकेको छ।

यसैगरी, असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकेको छ।

असोज ५ गते साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने समय तोकिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म तोकेको छ।

यस्तै, संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखा मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म तोकेको छ।

कार्यतालिकाअनुसार असोज १२ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन समय तोकेको छ।

मतगणना पनि मतदान कार्य सकिएलगत्तै हुने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिएका छन्।

उनका अनुसार कार्यतालिकामा उल्लेखित सबै कार्यक्रम सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा सम्पन्न हुनेछ।

मतदान गर्ने समय समाप्त भएपछि मतगणना कार्य सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा हुने जनाइएको छ।

 

हेरौं, निर्वाचन कार्यतालिका