काभा महिला क्लब भलिबलमा पुलिसको विजयी सुरुवात

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो

जनसम्मत
भाद्र ३०, २०८१, आइतबार

काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो।

नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसीपमा खेल्न पाएको हो।

अब पुलिस क्लबले भोलि श्रीलंकाको पुलिस क्लबसँग खेल्दैछ।

तेश्रो खेलमा पर्सि मंगलवार ताजकिस्तानको क्लब र चौंथो तथा समूह चरणको अन्तिम खेलमा बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ।