काभा महिला क्लब भलिबलमा पुलिसको लगातार दोस्रो जित

पुलिसले श्रीलंकन एअर फोर्सलाई ३–० को सोझो सेटमा हरायो

जनसम्मत
भाद्र ३१, २०८१, सोमबार

काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ।

माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा पुलिस क्लबले श्रीलंकाको श्रीलंकन एअर फोर्सलाई ३–० को सोझो सेटमा हरायो।

पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले जित्यो।

पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।

अब, पुलिसले तेस्रो खेलमा भोलि मंगलबार ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ।