अनेमसंघ (क्रान्तिकारी) गण्डकीको अध्यक्षमा गीता शाही

सम्मेलनले ९ पदाधिकारीसहित १२१ सदस्यीय नयाँ कार्यसमिति गठन, ९३ सदस्यको नाम घोषणा, २ सह–सचिव र बाँकी सदस्यहरुको नाम पछि घोषणा गर्नेछ

जनसम्मत
असाेज ३, २०८१, बिहीवार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) निर्वाचित भएकी छन्।

बिहीबार पोखरामा सम्पन्न प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

जसको उपाध्यक्षहरुमा लिला बि.क. (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन्।

त्यसैगरि, सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) निर्वाचित भएकी छन्।

कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित भएकी छन्।

सह–सचिवमा हेमकुमारी सुनार ‘ज्योती’ (नवलपुर) निर्वाचित भएकी छन्।

बाँकी २ सह–सचिव पछि चयन गर्ने बताइएको छ।

निर्वाचन मण्डलले ९३ सदस्यको नाम घोषणा गरेको छ।