प्रजातान्त्रिक आन्दोलमा योगदान गर्ने ११ जना योद्धाहरुलाई पोखरामा सम्मान गरिएको छ।
विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई आज (बुधबार) सम्मान गरेको हो।
दुुर्गादत्त पौडेल (नवलपुुर), तीलबहादुुर गुुरुङ (गोरखा), सानुुमाया गुुरुङ (लम्जुुङ), बुुिद्धकुुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कंडेल (बाग्लुुङ), भैरवबहादुर हुमेल (म्याग्दी), कृष्णप्रसाद बरुवाल (मुस्ताङ) लाई सम्मान गरिएको हो।
१११ औं विपी जयन्तीको अवसरमा आयोजित एक समारोहबीच उनीहरुलाई जनही २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको हो।
विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोल (मधु), नेपाली काँग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, महामन्त्री किरणबाबु श्रेष्ठ, मुस्ताङका सभापति रोमी गौचन, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा रघुराज काफ्लेलगायतले सम्मान गरेका हुन्।
(मधु) ले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आएको बताए।