दुर्गा प्रसाईं पक्राउविरुद्धको रिटमा ‘कारण देखाउ’ को आदेश

थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश

जनसम्मत
असाेज ८, २०८१, मंगलवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।

अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो।