मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेको समाचार छ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्।
समाचारअनुसार आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गरेको बताएका हुन्।
प्रसाईं क्यान्सर सर्भाइभर हुन्।
पक्राउ परेलगत्तै प्रसाईंलाई बीर अस्पतालमा राखिएको थियो।
मंगलबार वयानका लागि बीर अस्पतालबाट काठमाण्डौंको सरकारी वकिलको कार्यालय लगिएको थियो।
समाचारअनुसार, सरकारी वकिलको कार्यालय लैजाने समयमा अस्पतालले वयान सकिएपछि पुनः अस्पतालमै फिर्ता ल्याउन भनेको थियो।
प्रसाईंलाई हाल सिंहदरबारस्थित प्रहरी वृत्तमा राखेको छ।