एएफसी–२० छनोटको दोस्रो खेलमा नेपालले शान्दार जित निकालेको छ।
नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई फरक गोल अन्तरले हराएको हो।
आज (सोमबार) भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गोल अन्तरले हरायो।
नेपालका समिर तामाङले ह्याट्रिक गरे।
चाइनिज ताइपेईले १ गोल फर्कायो।
जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ।
यसअघि, नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ को लज्जाजनक हार ब्यहोरेको थियो।
समूह ’बी’ मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।
सन् २०२५ मा हुने एएफसी २० वर्षमुनिको एसियन कप छनोटमा ४५ वटा देश सहभागी छन्।
यी टोलीलाई १० वटा समूहमा विभाजन गरिएको छ।
१० वटा समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछन्।