लिग–२ त्रिदेशीय श्रृंखलामा नेपालको लगातार तेस्रो हार

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य भेट्टायो

जनसम्मत
असाेज ६, २०८१, आइतबार

आइसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ।

क्यानडाको किङ सिटीमा आज (सोमबार) बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य भेट्टायो।

क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो।

सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए।

क्यानडाका लागि कलिम सानाले ३  विकेट लिए।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो।

त्रिदेशीय शृंखलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ।

८ टोलीको सहभागिता रहेको लिग–२ मा यो जितपछि क्यानडा १४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ।

नेदरल्यान्ड्स १२ अंकका साथ दोस्रो स्थानमा छ।

२ अंककका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ।

छैटौँ स्थानमा रहेको ओमानको ५ अंक छ।