नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ४१ औँ स्थानमा उक्लिएका हुन्।
अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८ औँ, कुशल मल्ल ५१ औँ, सोमपाल कामी ५३ औँ, करण केसी ७६ औँ, गुलशन झा ९० औँ र ललित राजवंशी ९४ औँ स्थानमा छन्।
दीपेन्द्र र कुशल ६ स्थान तल झरेका हुन्।
यस्तै, करणले ११, गुलशनले १३ र ललितले १ स्थान सुधार गरेका छन्।
सोमपाल यथास्थानमा छन्।
वरीयताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन्।
यस्तै, ब्याटिङतर्फ आसिफ शेख ७९ औँ, कुशल भुर्तेल ८० औँ र रोहितकुमार पौडेल ८७ औँ स्थानमा छन्।
रोहितको वरीयता यथावत् छ भने आसिफ ११ र कुशल ४ स्थान तल झरेका छन्।
ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन्।
बलिङतर्फ सन्दीप लामिछाने ४८ औँ, ललित राजवंशी ५२ औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७ औँ र सोमपाल कामी ८८ औँ स्थानमा छन्।
बलिङमा सन्दीपको वरीयता यथावत् छ भने ललित २, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झरेका छन्।
करणले ४ स्थान सुधार गरेका छन्।
बलिङ वरीयताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन्।
एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १ स्थान तल खस्किएको छ।
यसअघि, १६ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा पुगेको छ।
शीर्षस्थानमा भारत यथावत छ।
फाइल तस्बिर