नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्।
मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गुरुङसहित आगामी ३ वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरिबहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए।
त्यसैगरी, कार्यसमिति सदस्यमा दिनेशकुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओमबहादुर गुरुङ, भरतकुमार आले, यामबहादुर गुरुङ, इन्द्रा मल्ल, रामबहादुर क्षत्री, शान्ती थापा बैद्य, अनिल सिंह, पुरन कुँवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बालाकुमारी गुरुङ, श्यामबहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ छन्।
सो अवसरमा मञ्चले खेलकुदका क्षेत्रमा योगदान गर्ने ३ जनालाई सम्मान गरेको छ।
मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, खेलकुद पत्रकार बिनोद लामिछाने र युवा एथ्लेटिक्स खेलाडी बादल कार्कीलाई मञ्चले सम्मान गरेको हो।
सम्मानित गुरुङ संस्थाको पूर्व अध्यक्ष हुन्।
पत्रकार लामिछाने खेलकुद पत्रकारितामा लामो समयको योगदान दिएका नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीका पूर्व अध्यक्ष हुन्।
एथ्लेटिक्स खेलाडी बादल कार्की युवा अवस्थाबाटै पोखरा म्याराथनमा सहभागिता जनाउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका खेलाडी हुन््।
सोही अवसरमा मञ्चका ८० वर्ष उमेर पुगेका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो।
सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत कार्य योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।
मञ्चका कोषाध्यक्ष पौडेलले १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि करिव ८३ लाख ६७ हजार खर्च हुने जनाएका छन्।
आगामी फागुन ३ गते पोखरामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पुरस्कार राशीमा वृद्धि गरिएको र खेलाडी दर्ता अभियान समेत सुरु गरिएको मञ्चले जनाएको छ।