त्रिदेशीय टी–२० क्रिकेटमा नेपाल क्यानडासँग पराजित

१२४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर १०९ रन मात्रै बनायो

जनसम्मत
असाेज १३, २०८१, आइतबार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ।

१२४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर १०९ रन मात्रै बनायो।

नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए।

यस्तै, कुशल मल्लले १२ रन जोडे।

देव खनालले ११ रन बनाए।

सन्दीप लामिछानेले १० रन जोडे।

क्यानडाका कलिम सानाले ४ विकेट लिए।

त्यसअघि, क्यानडाको किङ सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो।

क्यानडाका साद बिन जाफरले सर्वाधिक २३ रन बनाए।

नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले ३/३ विकेट लिए।

दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले १/१ विकेट लिए।

नेपालले दोस्रो खेलमा आज (आइतबार) राति ओमानसँग खेल्नेछ।

तस्बिर : एजेन्सी