त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले ओमानलाई हरायो

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर १ बलमा १३९ रन बनाउँदै अल आउट भयो

जनसम्मत
असाेज १४, २०८१, सोमबार

त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ।

क्यानडाको किङ सिटीमा आज (सोमबार) बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर १ बलमा १३९ रन बनाउँदै अल आउट भयो।

ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए।

नेपालका करण केसीले ३ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७६ रन बनाएको थियो।

नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन जोडे।

ओमानका कप्तान अकिब इल्यासले ३ विकेट लिए।

यो श्रृंखलाको पहिलो खेलमा गत (शनिवार) नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो।

नेपालले तेस्रो खेलमा भोलि (मंगलबार) क्यानडासँग र चौथो खेलमा पर्सि (बुधवार) फेरि ओमानसँग खेल्नेछ।

तस्बीर : एजेन्सी