एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थण्डर्सले लगातार दोस्रो हारको आत्मसाथ गरेको छ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दोस्रो खेलमा कर्णाली यश्विससँग ३–२ ले हारेको छ।
गण्डकीले सोमबार पहिलो खेलमा चितवन शक्तिसँग ३–१ को सेटमा हारेको थियो।
गण्डकीले आज (मंगलबार) भएको खेलमा कर्णाली र गण्डकीको खेल प्रतिस्पर्धात्मक नै रह्यो।
जसमा कर्णालीले गण्डकीलाई ३–२ को सेटमा हरायो।
पहिलो सेट गण्डकीले २५–१५ ले जित्यो। दोस्रो सेट कर्णालीले २५–२२ ले जित्यो।
तेस्रो सेट कर्णालीले २५–१७ ले जित्यो।
चौथो सेट गण्डकीले २५–१९ ले जित्यो।
पाँचौं सेट कर्णालीले १५–१२ ले जित्यो।
प्रतियोगितामा आजै दोस्रो खेलमा काठमाण्डौ स्पाइकर्स र चितवन शक्ति खेल्दैछन्।
यस्तै, तेस्रो खेलमा ललितपुर क्वीन्स र मधेश युनाइटेड खेल्दैछन्।
नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एक–अर्कासँग खेलेपछि अंक तालिकाका शीर्ष २ टोलीले
असोज १९ गते फाइनल खेल्नेछन्।
प्रतियोगितामा फाइनल बाहेक हरेक दिन ३ खेल हुनेछ।
तस्बीर : इडब्ल्युभिएल