सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
धनजनको क्षतिप्रति ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय शोकका बारेमा जानकारी दिएका छन्।
राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ।
तर, सार्वजनिक बिदा दिइएको छैन।
प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट स्वदेश फर्किएका छन्।
उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ।
उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको तलब दिनेछन्।