पोखरा–१२ मा चाडबाडलक्षित बजार अनुगमन

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो

जनसम्मत
असाेज १५, २०८१, मंगलवार

प्रमुख चाडबाड नजिकिएसँगै पोखरा महानगरपालिका वडा नं १२ मा विशेष बजार अनुगमन सुरु गरिएको छ।

पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु गरिएको हो।

वडा अध्यक्षको नेतृत्वमा पोखरा–१२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको छ।

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो।

यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्ने कार्यक्रम छ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरण र गुणस्तरहिन सामग्रीलाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिएका छन्।

उपभोग्य वस्तुको गुणस्तरहिनता र जुनसकै बाहनामा भइहरको कालोबजारीलाई निरुत्साहित गर्नका लागि महानगरपालिले वडालाई निर्देशन दिएको छ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ।

यसैकारण, उपभोक्ताहरु निकै मारमा परेका छन्।