त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ।
क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले हराएको हो।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १०१ रनमा अल आउट बन्यो।
ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए।
नेपालका कुशल भुर्तेलले ३ विकेट लिए।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले।
ओमानका फयाज बटले ३ विकेट लिए।
नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।
दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो।
तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुगेको थियो।
नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ।
क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ।
क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो।
ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ।
क्यानडामा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलापछि घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच टी–२० श्रृंखला भएको हो।
श्रृंखलाको अन्तिम खेलमा आज (बिहीबार) क्यानडा र ओमान खेल्नेछन्।