‘कसरि पढ्ने र सिक्ने?’ पुस्तकको पोखरामा विमोचन

साहित्यकार एवं प्राज्ञ दुर्गाबहादुर शाह ‘बाबा’ ले पुस्तक को विमोचन गरेका हुन्

जनसम्मत
असाेज १७, २०८१, बिहीवार

सामाजिक अभियन्ता कृष्ण क्षत्री ‘उदय ‘ ले एउटा पुस्तक बजारमा ल्याएका छन्।

पुस्तकको नाम हो, ‘कसरी पढ्ने र सिक्ने?’

क्षत्रीले, ‘एउटा बिद्यार्थी सफल हुन क–कसको भूमिका कस्तो हुन्छ?

बिद्यार्थी स्वयंले कसरी पढ्ने? र ती पढेका बिषयहरुबाट कसरी सिक्ने?

उनीहरुको पढाई र सिकाईलाई सार्थक पार्न अभिभावक र शिक्षक अनि समाजको कस्तो भूमिका हुनुपर्छ?’ भन्नेबारे विविध उपायहरु आफ्नो पुस्तकमा दिएका छन्।

पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा शाह ‘बाबा‘ बुधबार पोखरामा पुस्तकको बिमोचन गरे।

सो अवसरमा उपकुलपति ‘बाबा’ले उक्त पुस्तक पढेपछि आफूले आफ्नो बाल्यकालको बिद्यार्थी जीवनको स्मरण गरे।

स्कुले जिवनमा आफूले गलत साथी–संगति छाडेर अघि बढेको आफ्नो अनुभूति सुनाए।

‘संघर्षमा कलम’ साहित्यिक समाजका अध्यक्ष कृष्ण रानाभाट ‘सारथी’ को अध्यक्षतमा भएको उक्त बिमोचन कार्यक्रममा फेदीखोला गाउँपालिकाकी उपध्यक्ष देउकुमारी गुरुङ, बृहत फेदीखोला–पोखरा सम्पर्क समाजका अध्यक्ष जगदीश लामिछाने, प्राध्यापकद्वय यामबहादुर पौडेल क्षत्री, दिपेन्द्र पहारी र संचारकर्मी दिपेन्द्र श्रेष्ठलगायतले उक्त पुस्तकको महत्वबारे बोलेका थिए।

कार्यक्रम संचालन साहित्यकार एबं पत्रकार असफल गौतमले गरेका थिए।