प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोष (सीआइटी) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
हालै, मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो।
कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
उक्त रकम कोषको नाममा जम्मा गरिएको छ।
चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकोमा कोषलाई धन्यवाद दिए।
गत असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग स्वरुप कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको बताइएको छ।
यसअघि, पनि कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आएको छ।
तस्बीरः एजेन्सी