राहत कोषमा नेपाल बैंकको २ करोड सहयोग

बैंक संचालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले सहयोगस्वरुप उक्त रकम सहयोग गरेका हुन्

जनसम्मत
असाेज २०, २०८१, आइतबार

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ सहयोग गरेको छ।

नेपाल बैंकले आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त चेक हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक संचालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्।

प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता एवं उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका छन्।

कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि उनले आग्रह गरेका छन्।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा १ अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो।

कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ।

तस्बीर: प्रधानमन्त्रीको सचिवालय