राहत कोषमा आइएमई ग्रुपको ५ करोड सहयोग

बाढी, पहिरो र विपद्पछि संचालित उद्धार कोषमा सहयोग भएकोमध्ये सबैभन्दा बढी रकम हो

जनसम्मत
असाेज २०, २०८१, आइतबार

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपले ५ करोड सहयोग गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैंक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँ रकमको चेक हस्तान्तरण गरेको हो।

ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि संचालित उद्धार कोषमा सहयोग भएकोमध्ये सबैभन्दा बढी रकम हो।

तस्बीर: प्रधानमन्त्रीको सचिवालय