पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडको तयारी

दौडका लागि हवाई चार्टर्डबाट २ सय भन्दा बढी चिनियाँ धावक पोखरा आउने

जनसम्मत
असाेज २२, २०८१, मंगलवार

पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडको तयारी थालिएको छ।

खेलकुदका माध्यमबाट नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउन कार्तिक २४ गते पोखरामा तेस्रो संस्करणको क्रस कन्ट्री दौड हुने भएको हो।

हिमालयन टुरिजम फोरमद्वारा पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ‘साझा समृद्धिका लागि दौड’ भन्ने उदघोषका साथ प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको हो।

आगामी कार्तिक २२ देखि २५ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा नेपालसहित छिमेकी मुलुक चीनका सयौं खेलाडीहरु सहभागी हुनेछन्।

नेपाल–चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास गरिएको संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए।

कार्तिक २४ र २५ गते प्रतियोगिता संचालन हुनेछ।

जसका लागि २२ गते खेलाडी पोखरा आइपुग्नुपर्नेछ भने २३ गते खेलाडीको दर्ता र उनीहरुको लागि आवश्यक सामाग्री वितरण गरिनेछ।

२४ गते बिहान साढे ८ बजे खेलको उद्घाटन गर्ने तयारी रहेको प्रतियोगिता मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिए।

उनका अनुसार दौड, साइकलिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ।

प्रतियोगिता सफल बनाउन विश्वशंकर पालिखेको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ।

यस खेलको अवसरमा पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

प्रतियोगितामा १ करोड ३६ लाख खर्च रुपैयाा खर्च हुने आयोजकको अनुमान छ।

चिनियाँ खेलाडीको लागि २२ गते कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको छ।

काठमाडौँ तथा नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीहरुका लागि आयोजकले यातायातको व्यवस्था गर्ने जनाएको छ।

प्रतियोगीहरूले टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह (जुनसुकै समूह) मा सहभागिता जनाउन सक्नेछन्।

टिम समूहमा ३० वटा मिश्रित टिम रहनेछन्। जसमा कम्तीमा १ जना विपरीत लिंगको सदस्य अनिवार्य समेटिएको हुनुपर्नेछ।

९० जना खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ।

खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ गर्नुपर्ने हुन्छ।

दौडका क्रममा खेलाडीले कुल २२५८ मिटर उचाइ पार गर्नेछन्।

विदेशी नागरिकका लागि दर्ता शुल्क प्रतिटिम २२,९२० रुपैँया रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत् जनाएको छ।

यसैगरी, च्यालेन्ज इण्डिभिजुअल समूहमा करिब २ सय खेलाडी सहभागी हुनेछन्।

जसमा ८० चिनियाँ र १२० नेपाली रहनेछन् । ५० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पार गर्नेछन्।

गेममा सहभागी हुने विदेशी खेलाडी खेलाडीका लागि प्रतिव्यक्ति ९९५० रुपैयाँ दर्ता शुल्क लाग्नेछ।

विद्यार्थी दौडमा ५ सय विद्यार्थीहरु सहभागी हुने आयोजकको अनुमान छ।

विद्यार्थी दौडअन्तर्गत बाराहीचोकदेखि ड्यामसाइसम्म २ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ।

ह्याप्पी रन समूहमा ४८० नेपाली र २० चिनियाँ गरी ५ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ।

२ किलोमिटरको दुरी पार गर्नुपर्ने यस दौड प्रतियोगितामा समाप्ती समय २ घण्टाको रहनेछ।

यसमा सहभागी हुने विदेशी खेलाडीको लागि १९९० अर्थात १०० आरएमबी शुल्क तोकिएको छ।

पहिलो समूहमा प्रथम हुनेका लागि ४ लाख ५८ हजार ४ सय रुपैया अर्थात् २४ हजार आरएमबी पुरस्कार राशी छ।

यस्तै, दोस्रो हुनेको लागि ३ लाख ४३ हजार ८ सय अर्थात् १८ हजार आरएमबी र तेस्रो हुनेको लागि २ लाख २९ हजार २ सय अर्थात् १२ हजार आरएमबी पुरस्कार राशी छ।

यस्तै, चौथो हुनेका लागि १ लाख ५२ हजार ८ सय अर्थात् ८ हजार आरएमबी र पाँचौ हुनेका लागि ९५ हजार ५ सय अर्थात् ५ हजार आरएमबी नगद पुरस्कार राशी छ।

प्रतियोगितामा विजयीलगायत सहभागीहरुले मेडल र प्रमाणपत्र पनि पाउनेछन्।

यसैगरी, च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रथमका लागि १ लाख ५२ हजार ८ सय अर्थात् ८ हजार आरएमबी, दोस्रोका लागि १ लाख १४ हजार ६ सय अर्थात् ६ हजार आरएमबी र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय अर्थात २ हजार आरएमबी पुरस्कार राशी छ।

चौथोदेखि सातौँ हुने खेलाडीले ३८ हजार २ सय अर्थात् २ हजार आरएमबी र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीको लागि १९ हजार १ सय अर्थात् १ हजार आरएमबी पुरस्कारको व्यवस्था गरिएको छ।

विद्यार्थी दौडमा शीर्ष ६ (महिला÷पुरुष दुवै) खेलाडीको लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैया पुरस्कार राशी छ।

चौथोदेखि छैठौँ हुने खेलाडीले १०÷१० हजार रुपैयाा पाउनेछन्।

यस्तै, ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन्।

प्रतियोगिता लेकसाइडको बाराहीघाटबाट सुरु हुन्छ।

छोरेपाट हुादै फुस्रेखोला, रामदी, मट्टीखान, स्याङ्जाको फेदीखोला, रामकोट कुविन्डे हुँदै पुम्दीभुम्दी, विश्व स्तुपा, फेवाताल, खपौदी हुादै पुन बाराहीघाटमा नै आउनेछन्।

फेवातालमा बोटिङ प्रयोग गर्नेछन् भने, रामदी तथा मट्टीखानमा साइकल प्रयोग गर्नेछन्।

यसरी, क्रस कन्ट्री दौडका लागि ५० किलोमिटरको दुरी तय गरिएको छ।

चिनियाँ राजदुतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ।