काभा यू–२० पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

नेपालले पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–२० ले जित्यो

जनसम्मत
असाेज २२, २०८१, मंगलवार

काभा यु–२० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हराएको छ।

कोलम्बोको सुगाथादासा रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो।

नेपालले पहिलो सेट २५–५ ले जित्यो।

त्यसैगरी, दोस्रो सेट २५–१२ जित्यो।

र, तेस्रो सेट २५–२० ले जित्यो।

यसअघि, हिँजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो।

पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोली छन्।

नेपालले चौथो खेलमा पर्सि असोज २४ गते किर्गिस्तानसँग र पाँचौं तथा लिग चरणको अन्तिम खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ।

तस्वीर: काभा