मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसीपमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रतियोगिता अक्टोबर ११ देखि १३ सम्म जर्मनीको फ्र्याङ्कफर्टमा हुनेछ।
इजिकेल परियार र नीराजन मोक्तानले प्रतिस्पर्धा गर्ने भएका हुन्।
इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
नीराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन्।
इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसीओ) जर्मनीको आयोजनामा हुने प्रतियोगितामा भाग लिन उनीहरू आज (बुधबार) जर्मनी गएका छन्।
टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष तथा नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले मंगलबार बिदाइ गरे।
३ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले दुवै खेलाडीबाट पदकको आसा गरिएको विश्वास जनाए।