नेपालले जित्यो चौथो एकदिवसीय अभ्यास सिरिज

क्यानाडाको हाइप्रोफोमेन्स (एचपी)विरुद्ध नेपालले ३–१ को अग्रता लियो

जनसम्मत
असाेज २३, २०८१, बुधबार

अनिल साहको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले चौथो एकदिवसीय अभ्यास खेलमा क्यानाडाको हाइप्रोफोमेन्स (एचपी)विरुद्ध २ विकेटको जित निकालेको छ।

जितसँगै नेपालले श्रृंंखलामा ३–१ को अग्रता लिएको छ।

यसअघि, ३ विकेटले पराजित भएको नेपालले २० र १० रनको जित निकालेको थियो।

मंगलबार एचपीले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर लक्ष भेट्टायो।

नेपालका लागि अनिल साहले ७३ बलमा ५९ रन बनाए।

त्यसैगरी, आरिफ शेखले ३४ रन जोेडे।

र, कुशल मल्लले ३० रन बनाए।

एचपीका लागि शाहिद अमहमजाइले ३ विकेट लिए।

सुखिन्दर सिंहले २ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल बनाए।

एचपीका लागि मिहार पटेलले ७२ रन बनाए।

खेबर खानले २८ रन बनाए।

र, आर्यवीर सिंहले २६ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए।

त्यसैगरी, करण केसी र सागर ढकालले समान २/२ विकेट लिए।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।