पत्रकारले बनाइदिएको दृष्टिविहीनको घर …

बाँकेको खजुरा गाउँपालिका–६ का दृष्टिविहीन जयबहादुर विकको कच्ची घर भत्किएपछि पत्रकार खजुराका पत्रकार खगेन्द्र दाहालको सकृयता र अन्यको सहयोगमा विकको नयाँ घर ठडियो

जनसम्मत
असाेज २३, २०८१, बुधबार

एक पत्रकारको सहयोगमा बाँकेको खजुरा गाउँपालिका–६ का दृष्टिविहीन जयबहादुर विकको घर बनेको समाचार छ।

समाचारअनुसार विकको घर वर्षामा भत्किएपछि नयाँ घर बनाइदिन खजुराका पत्रकार खगेन्द्र दाहाल सकृय बने।

दाहालको समन्वयमा र अन्यको सहयोगका विकको घर ठडियो।

समाजसेवी लिलबहादुर थापाको सहयोगमा १ वर्षका लागि पुग्ने खाद्यान्न र लत्ताकपडाको सहयोग पनि जट्यो।

कच्ची घर भत्केको २ महिनामा नयाँ घर पाएपछि विक परिवारमा खुशी छाएको छ।
दृष्टिविहीन विकका साथमा श्रीमती र २ नाबालक छोरा छन्।

दसैंअघि विक परिवारलाई नयाँ घर उपहारस्वरुप दिन सफल पत्रकार दाहालले मानवीय नाताले सबैको साथ र सहयोगमा दृष्टिविहीन परिवारको घर निर्माण गर्न सकिएको बताए।

दाहालले भने, ‘कसैले नगद त कसैले घर निर्माणका लागि आवश्यक सामान दिएर सहयोग गर्नुभयो, दुई महिनामै नयाँ घर बनाएर हस्तान्तरण गर्न सक्यौं।’

उनले आफ्नो घर निर्माणका लागि अभियान चलाएर दिनरात खट्ने पत्रकारहरु दाहाल, गणेश राईसहित सहयोगी सबैप्रति आभार प्रकट गरेका छन्।

विकले भने, ‘पहिले कच्ची घर हुँदा सानो वर्षा भएपनि डर लाग्थ्यो। अब, नयाँ घर पाएपछि ढुक्कसँग निदाउन सक्ने भयौं।’

गोरखापत्र अनलाइनमा बाँकेका पत्रकार गोविन्द शर्माको समाचार र तस्बीर छ।