मंसीरको २३ र २४ मा अखिल क्रान्तिकारीको निर्वाचन

अखिल क्रान्तिकारी अध्यक्ष मण्डलको शनिबार बसेकोे बैठकले मंसीर २३ र २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो

जनसम्मत
असाेज १९, २०८१, शनिबार

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको स्थगित निर्वाचन मंसिर २३ र २४ गते हुने भएको छ।

नेकपा (माओवादी केन्द्र) निकट संगठन अखिल क्रान्तिकारी अध्यक्ष मण्डलको आज (शनिबार) बसेकोे बैठकले मंसीर २३ र २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

अध्यक्षमण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पूरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ।’

उमेर हदको विवाद बढेर क्रान्तिकारीका केही समूह कुटपिट र तोडफोडमा उत्रिएपछि क्रान्तिकारीको सम्मेलन स्थगित भएको थियो।

हेरौं, अखिल क्रान्तिकारीको विज्ञप्ति