काभा यु–२० भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित

नेपालले ४ खेलबाट ७ अंक जोडेको छ

जनसम्मत
असाेज २४, २०८१, बिहीवार

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ।

कोलम्बोको सुगाथादासा रंगशालामा आज (बिहीबार) भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो।

श्रीलंकाको कोलम्बोमा सुरुआती २ सेट गुमायो।

नेपालले पहिलो सेट २३–२५ ले गुमायो।

त्यस्तै, दोस्रो सेट २१–२५ ले गुमायो।

त्यसपछिका २ सेटमा नेपाल फर्कियो।

नेपालले तेस्रो सेटमा किर्गिस्तानलाई २५–२१ ले हरायो।

चौथो सेटमा नेपालले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो।

पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७–१९ ले पराजित बन्यो।

नेपालले ४ खेलमा ७ अंक जोडेको छ।

यसअघि, श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो।

यता, किर्गिस्तानको ४ खेलबाट ४ अंक छ।

यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय ब्यहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो।

अब, नेपालले लिग चरणको अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्ताको सामना गर्नेछ।