नेपाल काभा यु–२० भलिबल च्याम्पियनसीपको उपविजेता

फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ ले पराजित

जनसम्मत
असाेज २६, २०८१, शनिबार

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपको उपविजेतामै समेटिन पुगेको छ।

फाइनलमा उज्वेकिस्तानसँगको हारसँगै उपाधि जित्ने सुनौलो अवसरबाट नेपाल फेरि एकपटक चुकेको छ।

श्रीलंकाको कोलम्बोस्थित सुगाथादासा रंगशालामा आज (शनिबार) भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल बन्यो।

फाइनलमा नेपालले उज्वेकिस्तानसँग ३–१ को सेटमा हार खेप्यो।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो खेल जितेको नेपालले त्यसपछिका लगातार ३ सेट गुमाउँदा नेपाल उपाधि जित्नबाट चुक्यो।

नेपालले पहिलो सेटमा उज्वेकिस्तानलाई २७–२५ ले जित्दै आशा जगाएको थियो।

त्यसपछि दोस्रो सेटमा नेपाल १०–२५ ले लज्जाजनक हार व्यहोर्दै समर्थकलाई निराश बनायो।

त्यसैगरी, दोस्रो सेट पनि नेपालले १६–२५ ले गुमायो।

त्यस्तै तेस्रो सेट पनि नेपालले २०–२५ ले गुमायो।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीको प्रतिस्पर्धा गरेको थियो।

प्रतियोगिताको लिग चरणका खेलहरुमा नेपाल उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित भएको थियो भने माल्दिभ्स, श्रीलंका र तुर्कमेनिस्तानलाई हराएको थियो।

तस्बीरः काभा