दुर्गा र जमुनालाई संचारिका पत्रकारिता पुरस्कार

संचारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मा सम्मानीत हुँदैछन्

जनसम्मत
असाेज २९, २०८१, मंगलवार

कास्कीमा क्रियाशील पत्रकारहरु दुर्गा भण्डारी र जमुना वर्षा शर्मा संचारिका पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदैछन्।

संचारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको संचारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ।

संचारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो।

पुरस्कार राशी २० हजार रुपैयाँ र सम्मानपत्र छ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ संचारकर्मी शान्ति गुरुङ र संचारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य र पदेन सदस्य संचारिका गण्डकी अध्यक्ष कविता श्रेष्ठ र कोषाध्यक्ष उमा आलेमगर रहेको छनोट समितिले भण्डारी र वर्षालाई पुरस्कारका लागि सिफारिस गरेको हो।

भण्डारीले विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी हुन्।

भण्डारीले, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, ‘प्रेस चौतारी पत्रकारिता पुरस्कारवाट भण्डारी सम्मानित भइसकेकी छिन्।

भण्डारी प्रेस काउन्सिलका पूर्व सदस्यसमेत हुन्।

यस्तै, वर्षाले २०५७ सालदेखि धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी हुन्।

यसअघि, टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता पुरस्कार, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जस्ता थुप्रै पुरस्कारवाट सम्मानित भइसकेकी छिन्।

शर्मा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्षसमेत हुन्।

पोखरा किन्डर गार्डेनकी संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन्।

यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड म्याग्दीकी देवी जिसीलाई प्रदान गरिने भएको छ।

सोही छनोट समितिले संचारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि जिसीलाई सिफारिस गरेको थियो।

जिसी संचारिका समुह नेपाल जिल्ला शाखा, म्याग्दीकी अध्यक्ष हुन्।

सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन्।

पुरस्कार राशी १० हजार रुपैयाँ र सम्मानपत्र छ।