महिला साफ च्याम्पियनसीपमा श्रीलंकाले माल्दिभ्सलाई हरायो

माल्दिभ्सलाई १–० गोलले हराउँदै श्रीलंकाले महत्वपूर्ण ३ अंक जोड्यो

जनसम्मत
कार्तिक २, २०८१, शुक्रबार

महिला साफ च्याम्पियनसीप फूटबलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गरेको छ।

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै ३ अंक जोडेको छ।

श्रीलंकाका लागि इमिशा अनुराधिनीले १८ औं मिनेटमा गरेको गोल नै श्रीलंकाको जितका लागि पर्याप्त बन्यो।

जितसँगै श्रीलंकाले ३ अंक बटुलेको छ ।

सोही समूहमा रहेको नेपालले शुक्रबार साँझ ५ बजे भुटानको सामना गर्दैछ।

महिला साफ च्याम्पियनसीअन्तर्गत समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन्।

त्यसैगरी, समूह ‘बी’ मा घरेलु नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स छन्।

हिँजो (बिहीबार) देखि सुरु प्रतियोगिता कार्तिक १४ गतेसम्म चल्नेछ।